• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: माइक्रोसफ्टको लागी....


बिल गेट्सले आफ्नो माइक्रोसफ्टको लागी एउटा मेनेजरको पदको लागि इंटरव्यू राखेछ । इंटरव्यूको लागि ५००० जना जम्मा भछन्। यि मध्य नेपालबाट एउटा व्यक्ती थियो शेरे।
बिल गेट्स: इंटरव्यूमा आएकोमा सबैलाई धन्यबाद दिन चाहन्छु, तपाईंहरु मध्य जसलाई JAVA आउँदैन त्यो जान सक्छ।
(यो सुनेर २००० जना उठेर गएछन्)
शेरेले मनमनै सोचेछ, "मलाई कहाँको JAVA आउँछ र तर यहाँ बसेर मेरो के जन्छ र, हेर्दै जाउँ पछी के हुन्छ।"
बिल गेट्स: जसले १०० जना भन्दा बढी स्टाफलाई म्यानेज गर्न सक्छ तिनिहरु मात्र बस्नु होला, बाँकी गए हुन्छ।
(यो सुनेर फेरी २००० जना उठेर गएछन्।)
शेरेले फेरी मनमनै सोचेछ, "मैले भैंसी त ३ वटा भन्दा चराको छैन्, यो चाही १०० जनाको टीमलाई म्यानेज गर्ने कुरा गर्छ तर यहाँ बसेर मेरो के जान्छ र, हेर्दै जाउँ पछी के हुन्छ। "
बिल गेट्स: जस्ले म्यानेजमेन्टबाट डिप्लोमा गरेको छैन्, त्यो पनि जान सक्छ।
(यो सुनेर ५०० जना उठेर गएछन्।)
शेरेले मनमनै सोचेछ, "मैले त ८ कक्षा पनि पास नगरि छोडेको हो, language सिकेको भएर यस्ले बोलेको अंग्रेजी बल्ल तल्ल बुझिराछु, यो साले भने डिप्लोमाको कुरा गर्छ तर यहाँ बसेर मेरो के जान्छ र, हेर्दै जाउँ पछी के हुन्छ।"
अन्त्यमा बिल गेट्सले भनेछ : जसले जापानी भाषामा कुरा गर्न सक्दैन , त्यो गए हुन्छ।
(यो सुनेर ४९८ जना उठेर गएछन्।)
शेरेले सोचेछ, "मलाई त जापानी भाषाको एक शब्द पनि आउँदैन तर यहाँ बसेर मेरो के जान्छ र, हेर्दै जाउँ पछी के हुन्छ।"
अब शेरे र अर्को एउटा मान्छे मात्र इंटरव्यूमा बाँकी थिए ।
बिल गेट्स: तपाईंहरु दुइ जनलाई मात्र जापानीज भाषा आउदो रहेछ । ल एक आपसमा जापनिज भाषाबाट कुरा गर्नुस त ।
===================================
शेरे: ओए त कहाँँबाट आको ? ?
अर्कोले उत्तर दिएछ :........
........
.......
............
............
..........
म त चितवनबाट । अनि तँ नि ?